प्रदेश नं २ मा छोरीको बीमा गराउनेलाई निःशुल्क इन्टरनेट सेवा « Arthapath.com
१० फाल्गुन २०७६, शनिबार

प्रदेश नं २ मा छोरीको बीमा गराउनेलाई निःशुल्क इन्टरनेट सेवा



काठमाडौं । प्रदेश २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ३ महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने भएको छ । जसको थालनी सिरहाबाट शुरु भएको छ ।

‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका ८ वटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी रहेको छ । त्यस्ता अभिभावलाई इन्टरनेट सेवा प्रदायक संस्था सुविसु केबल नेट प्रालिले तीन महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको छ ।

प्रदेश नं २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो कम्पनीबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बीमा गराउने छोरीका अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको हो ।

सिरहामा २हजार ५ सयभन्दा बढी छोरीको बीमा गरिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्