कैलालीको सत्ती भन्सारमा क्वारेन्टाइन नहुँदा राजस्व घट्यो « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

कैलालीको सत्ती भन्सारमा क्वारेन्टाइन नहुँदा राजस्व घट्यो



काठमाडौं । कैलालीको खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइनको स्थापनमा ढिलाई हुँदा राजस्व घटेको छ । उक्त नाकाबाट सबैभन्दा बढि कृषि रपशुजन्य बस्तु आयात हुने गर्दछ ।

आर्थिक वर्ष २०७६/०७७ मा ७ करोड २९ लाख ७७ हजार रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको भएतापनि त्यो लक्ष्य भेट्टाउन भन्सार कार्यालयलाई सकस परेको छ ।

मंसीर महिनासम्म ५८ लाख लक्ष्य राखेकामा ४७ लाख, पुसमा ५६ लाख लक्ष्यमा ३८ लाख र माघमा ५४ लाख लक्ष्यमध्ये ३७ लाख रूपैयाँ मात्र राजस्व संकलन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्