नेपालको जनसंख्याभन्दा बढि बैंक खाता « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

नेपालको जनसंख्याभन्दा बढि बैंक खाता



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको खाता खोल्नेको संख्या ३ करोड नाघेको छ । राष्ट्र बैंकको चालु वर्षको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या ३ करोड ११ लाख १२ हजार १ सय ९४ पुगेको छ ।

एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाले निक्षेप खाताको संख्या ४५ लाख ५४ हजारले बढएका छन् । गत आवको पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप खाताको संख्या २ करोड ५६ लाख ५८ हजार रहेका थिए भने गत असार मसान्तमा २ करोड ७८ लाख ६७ हजार पुगेको थियो । विगत ६ महिनामा ३२ लाख ४५ हजारले निक्षेप खाता बढेको हो ।

कुल बैंक खातामध्ये वाणिज्य बैंकहरूमा मात्रै २ करोड ५६ लाख २०९ हजार रहेको छ । त्यस्तै विकास बैंकमा ४८ लाख ५६ हजार र वित्त कम्पनीमा ६ लाख ३६ हजार छ ।


प्रतिक्रिया दिनुहोस्