महाकाली नगरपालिकाका कर्मचारीहरु अनिश्चितकालिन धर्नामा « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

महाकाली नगरपालिकाका कर्मचारीहरु अनिश्चितकालिन धर्नामा



काठामाडौं । शान्ति, सुरक्षाको माग गर्दै कञ्चनपुरको महाकाली नगरपालिकाका कर्मचारीहरु आइतबारदेखि अनिश्चितकालिन धर्नामा बसेका छन् ।

बुधवार कार्यालयमा तोडफोड भएको विरोध स्वरुप शान्ति सुरक्षाको माग गर्दै कर्मचारीहरु धर्नामा बसेको हुन । नगरपालिकाका १० वटै वडा सहित नगरपालिकामा कार्यरत ३९ जना कर्मचारी धर्नामा बसेका नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको दैनिक कामकाज प्रभावित भएका छन् । विभिन्न कामकाजका लागि नगरपालिकाका पुगेका सेवाग्राहीहरु त्यसै घर फर्किएका छन् ।

छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा पक्राउ परेकी माहाकाली नगरपालिका–६ की शुसिला थापालाई छोडेको भन्दै आक्रोशित स्थानीयले नगरपालिका, ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनी तथा थापाको घरमा ढुंगामुढा गरेर तोडफोड गरेका थिए । नगरपालिकाको कुर्सी, झ्यालका सिसा र सोलार प्यानल, कम्प्युटर, जीप तोडफोड गरिएको थियो भने ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीको बोर्ड, जीप र थापाको घरमा स्थानीयले आक्रमण गरेका थिए ।

सुशीलाले बारम्बार मानसिक तनाव दिएपछि उनले आत्महत्या गरेको भन्दै मृतकका मामाले ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए। नगरपालिका र प्रहरी कार्यालयमा तोडफोड गर्नेमध्ये १६ जना पक्राउ परेका छन्।


प्रतिक्रिया दिनुहोस्