७० करोड काण्डमा प्रधानमन्त्रीसहित ४ जनाविरुद्ध अख्तियारमा मुद्धा

काठमाडौं र प्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ ।
उजुरीमा प्रधानमन्त्री ओलीले उक्त अडिओ डेढ महिना पहिले नै सुनिसकेको भएपनि सो प्रमाण लुकाएर भ्रष्टाचार उद्योग कार्यमा सहयोग पुर्याउन खोजिएको दाबीसहित छानविन गर्न माग गरिएको छ ।
प्रधानमन्त्री ओलीसहित निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध नेपालगञ्जका प्रेमबहादुर शाही र हेटौंडाका आनन्दराम पौडेलले अख्तियारमा उजुरी हालेका हुन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु–उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै शाही र पौडेलले कारबाहीको मागसहित दिएको उजुरी आइतबार अख्तियारले दर्ता गरेको हो ।