नगरपालिका र प्रहरी कार्यालय तोडफोड गर्ने १६ जनाविरुद्ध मुद्धा दर्ता

काठमाडौं । कञ्चनपुरमा स्थानीयको घर, नगरपालिका र प्रहरी कार्यालयमा तोडफोड गरेको आरोपमा १६ जना विरुद्ध मुद्धा दर्ता भएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेकालाई छोडेको भन्दै आक्रोशित स्थानीयले गत बिहिबार महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा तोडफोड गरेका थिए ।
प्रहरीले सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको भन्दै जनप्रतिनिधी सहितका २१ जनालाई शुक्रबार पक्राउ गरेको थियो । पक्राउ परेको २१ जना मध्ये ५ जनालाई छाडिएको छ भने बाँकि २ पुरुष १४ महिलागरि १६ जनाविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।