कोरोना भाईरसका कारण कोरिया जान रोक

काठमाडौं । कोरोना भाइरस पछिल्लो समय दक्षिण कोरियामा समेत फैलन थालेको छ । जसका कारण इपिएस मार्फत कोरिया जान लागेका ४० जना नेपालीको उडान तत्काललाई स्थगित गरिएको छ । उनीहरू फागुन १८ गते नेपालबाट उड्ने तयारी रहेको थियो ।
कोरियामा अहिले करिब ४४ हजार नेपाली कामदारहरु छन् । ती मध्ये ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर कोरिया पुगेका हुन् भने बाँकी अन्य प्रक्रियामार्फत कोरिया पुगेका हुन् ।