एनएमबी बैंकले जलविद्युत आयोजनामा १ अर्ब १२ करोड लगानी गर्ने

काठमाडौं । एनएमबी बैंकले चेपे खोला साना जलविद्युत आयोजनामा रु १ अर्ब १२ करोड ५० लाख लगानी गर्ने भएको छ ।
ऋण लगानी गर्ने सम्झौतापत्रमा बैंक र आयोजनाको विकासकर्ता आशुतोष इनर्जीबीच ऋण लगानी सम्बन्धी सम्झौता भएको छ । आयोजना लम्जुङको दुधपोखरी गाउँपालिका तथा गोरखाको अजिरकोट गाउँपालिकामा पर्छ ।
आयोजनाको जडित क्षमता ८.६३ मेगावाट छ । आयोजनाबाट २०७८ फागुन ९ गतेसम्म बिजुली उत्पादन गर्ने छ ।