जागिरको प्रलोभन देखाएर दाजुभाइद्धारा बलात्कार « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

जागिरको प्रलोभन देखाएर दाजुभाइद्धारा बलात्कार



काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट सामूहिक बलात्कार आरोपमा दाजुभाइ पक्राउ परेका छन् । सुनसरीकी १ विवाहित महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६, गणेशचोक निवासी दाजुभाइ ३५ वर्षका सुवास संग्रौला र ३४ वर्षका विशाल संग्रौलालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

उनीहरूले सुनसरी इटहरीकी ३४ वर्षीया विवाहित महिलालाई जागिर दिन्छु भन्दै काठमाडौं बोलाएर बलात्कार गरेको महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख उमेश लम्सालले जानकारी दिए ।

पीडित महिलाले सोही व्यहोराको उजुरी दिएपछि संग्रौला दाजुभाइलाइ आइतबार साँझ बूढानीलकण्ठस्थित घरबाटै पक्राउ गरिएको डीएसपी लम्सालले बताए ।

डीएसपी लम्सालका अनुसार ती दाजुभाइको स्थायी घर झापाको गौरीगन्ज गाउँपालिका वडा नम्बर १ हो । उनीहरूको घर बूढानीलकण्ठमा पनि छ ।

महाराजगन्ज वृत्तको हिरासतमा राखिएका उनीहरूविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी ७ दिनको म्याद लिएर घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्