बढी वायु प्रदूषण हुने देशमा नेपाल आठौं स्थानमा
काठमाडौं । संसारमा सबभन्दा खराब वायु प्रदूषण भएका मुलुकको सूची आईक्यूएयर नामक संस्थाले सार्वजनिक गरेको छ । देशहरूको सूचीका साथै शहरहरूको सूचीमा काठमाडौं पाँचौं स्थानमा छ । भारत तेस्रो र चीन १२ औं स्थानमा छ ।
विश्वका सबभन्दा बढी प्रदूषित ३० शहरमध्ये २१ वटा भारतमा र शीर्ष १० मध्ये ६ शहर पनि भारतमा रहेको आईक्यूएयर एयरभिजुअसको २०१९ को वर्ल्ड एयर क्वालिटी रिपोर्टमा देखाएको छ ।
दिल्ली सबभन्दा प्रदूषित शहर हो भने ढाका दोस्रो र लाहोर तेस्रो स्थानमा छ । दिल्लीको एयर क्वालिटी इन्डेक्स २४३ छ जुन स्वास्थ्यको स्तरभन्दा निकै धेरै हो ।
२.५ माइक्रोमिटरभन्दा साना माइक्रोस्कोपिक पार्टिकलहरू निकै हानिकारक मानिन्छन् किनकि ती साना भएकाले फोक्सो र कार्डियोभास्कुल प्रणालीमा गहिरो गरी पस्छन् । https://www.iqair.com/world-air-quality-ranking