अछाममा जीप दुर्घटना हुँदा १३ जना घाइते

काठमाडौं । अछामको ढकारीबाट मंगलसैनतर्फ जाँदै गरेको जीप कमलबजार नगरपालिका– ६ हात्तिबाँझमा दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मंगलबार करिब १२ बजेतिर से १ ज ९१० नम्बरको जीप सडकबाट १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
घाइतेको अहिले जिल्ला अस्पताल मंगलसैनमा उपचार भइरहेको छ । तीब्र गति र वर्षाले चिप्लो सडक हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।