४ उद्योगमाथी गुणस्तर नभएको भन्दै डण्डा चलाइने « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

४ उद्योगमाथी गुणस्तर नभएको भन्दै डण्डा चलाइने



काठमाडौं । नेपाल सरकार गुण नियन्त्रण तथा नापतौल विभागले गुणस्तरहिन बस्तु उत्पादन गरेको भन्दै ४ उद्योगमाथी कारवाही गरेको छ । विभागले ३ सिमेन्ट उद्योग र १ स्टिल कम्पनीलाई तोकिएको मापदण्डअनुसारको बस्तु उत्पादन नगरेको भन्दै कारवाही गरेको हो ।

विभागले प्रतिष्ठित उद्योगहरुमाथीनै कारवाही चलाएको यो पहिलो पटक हो । गुणस्तरहिन बस्तु उत्पादन गरेको भन्दै विभागले कारवाहीमा पर्नेमा शालिमार सिमेन्ट प्रालि (बारा), रिलायन्स सुपरटेक सिमेन्ट प्रालि (बारा), असोक स्टिल प्रालि (बारा) र एमजेप्पी सिमेन्ट प्रालि (कपिलबस्तु) रहेका छन् ।

विभागको अनुगमन टोलिले ति कम्पनीबाट उत्पादिन बस्तुहरुको नमुना संकलन गरी परीक्षण गर्दा तोकिएको मापदण्ड पुरा नगरेको पाइएको हो । उनज कम्पनीहरुले एनएस चिन्ह लिँदा गुणस्तर ऐन २०३७ तथा नियमावली २०४० को नियम १६ को मापदण्ड पुरा नगरेको भेटिएको हो ।
विभागले कमसल बस्तु उत्पादन गर्ने कम्पनीमाथि डण्डा चलाउने प्रक्रिया चलाएको हो ।


प्रतिक्रिया दिनुहोस्