अपि जलविद्युत कम्पनिले हकप्रद सेयर ल्याउँदै « Arthapath.com
१५ फाल्गुन २०७६, बिहीबार

अपि जलविद्युत कम्पनिले हकप्रद सेयर ल्याउँदै



काठमाडौं । जलविद्युत कम्पनि अपि पावरले आफ्नो बार्षिक साधारण सभा चैतमा गर्ने भएको छ । कम्पनिले १६ औं वार्षिक साधारण सभा चैत्र ७ गते बोलाएको छ ।
उक्त साधारण सभामा कम्पनिले ०.९०९६५ (करिब ९१५) हकप्रद सेयर ल्याउने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।

केहि दिन अघि मात्रै नेपाल धितोपत्र बोर्डले ४७५ हकप्रद ल्याउन अनुमति दिएको हो ।

बोर्डले १ः०.४७ अनुपातमा ५६ लाख ५७ हजार कित्ता हकप्रद बिक्री गर्न अनुमति दिएको हो । यस्तै, कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ५५ बोनस सेयर वितरण गर्न छ । बोनस र हकप्रदपछि कम्पनीको पुँजी १ अर्ब ८१ करोड भन्दा धेरै हुनेछ । यही पुँजीबाट फेरि ०.९०९६५ हकप्रद ल्याउन लागेको हो ।


प्रतिक्रिया दिनुहोस्