टेलिकमको टावर ढल्दा ३ जना घाईते

काठमाडौं । कैलालीमा नेपाल टेलिकमको पुरानो टावर खोल्ने क्रममा टावर ढलेर ३ जना घाईते भएका छन । कैलालीको भजनी १ मा रहेको टावर खोल्ने क्रममा ३ जना कामदार घाईते भएका हुन । घाईते हुनेमा बर्दिया जिल्लाका ३२ बर्षीय चन्द्रवहुदुर चौधरी, ३५ बर्षीय सन्ते चौधरी र २६ बर्षीय माईकल चौधरी घाईते भएका हुन ।
उनीहरु ३ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कैलालीले जनाएको छ । तीनै जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।