एनएमबि लघुवित्तको हकप्रद शेयर सूचीकृत

काठमाडौं । एनएमबि लघुवित्तको हकप्रद शेयर सूचीकृत भएको छ । लघुवित्तले यस अघि जारि गरेको चुक्ता पुँजिको प्रतिशत बराबर २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता आईतवार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो ।
लघुवित्तले कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १० बराबर १५ कित्ता अनुपातमा सो हकप्रद जारी गरेर पुस २० गते बाँडफाँड गरेको थियो । लघुवित्तको शेयर फागुन १८ गते आइतबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता १ हजार ४२ रुपैयाँमा कारोबार भएको छ ।