प्रचण्डमाथि जुत्ता प्रहारमा छानविन समिति गठन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुमाथि जुत्ता प्रहार भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाको संयाृजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । छानबिन समितिमा थापासहित डीएसपी होबिन्द्र बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिमिल्सिना रहेका छन् ।