नेकपा जुम्लाले सहिदहरु प्रती अपमान गरेको आरोप « Arthapath.com
१९ फाल्गुन २०७६, सोमबार

नेकपा जुम्लाले सहिदहरु प्रती अपमान गरेको आरोप



काठमाडौं । नेपाल कम्न्युस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुस्प कमल दहाल प्रचण्डमाथी जत्ता प्रहारप्रति नेकपा जुम्ला जिल्लाले निकालेको वक्तव्यप्रति युवा संगठन नेपाल भेरी कर्णालीको ध्यानाकर्षण भएको छ । सोमवार युवा संगठन नेपाल भेरी कर्णालीले जारि गरि उक्त वक्तव्यको खण्डन गरेको हो ।

प्रेस वक्तब्यमा भनिएको हिजो राष्ट्रिय सभागृहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल माथी सहिद पुत्र रतन तिरुवाबाट भएको जुत्ता प्रहार पश्चात उक्त पार्टीको जुम्ला जिल्ला समितिले सहिदहरुको अपमान हुनेगरी निज रतन तिरुवाको बुबा सहिद होइन भन्ने खालको नैतिकहिन र हलुका वक्तव्य बाहिर ल्यायो ।

वि.स. २०५७ सालमा तत्कालीन राज्यद्वारा पार्टी कामको सिलसिलामा हिडिरहेका बेलामा वेपत्ता पारेर मारिएका सहिद क. मुन तिरुवालाई हाल आएर डबल नेकपाले सहिद होइन भनेर भन्नू सम्पुर्ण वेपत्ता तथा सहिदहरु प्रतीको अपमान मात्र नभएर सिङ्गो महान जनयुद्ध प्रतिको पनि अपमान हो, प्रेस वक्तव्यमा भनिएको छ ।

मुन तिरुवाको परिवारले राज्यबाट १० लाख रुपैयाँ राहतमा पाइसक्नु भएको हो । प्रचण्डहरुले पार्टीलाई एमालेमा लगेर विसर्जन गरेपनी जनयुद्धको विरासत हामिसँग छ, हामी जनयुद्धको उद्देश्य एकीकृत जनक्रान्ति मार्फत पूरा गर्ने प्रक्रियामा छौं । सहिद विरुद्ध सामान्य राजनीतिक संस्कार र नैतिकता गुमाएर निकालिएको भगौडाहरुको वक्तव्य सरासर झुठको पुलिन्दा सिवाय केही होइन ।

निज रतन तिरुवा परिवर्तन चाहने, देशको माया गर्ने, माक्र्सवादलाई अध्ययन र अनुसन्धान गर्ने र गलत विरुद्ध आगो ओकल्ने एक युवा हो, जो काठमाडौंमा लोकसेवा अध्ययनको लागि जानू भएको हो । आज जोसुकैले पनि राष्ट्रघात, जनघात र राज्यले गर्ने हरेक गलत विरुद्ध आफ्नो मत प्रकट गर्दा विप्लवको कार्यकर्ता भन्ने र गिरफ्तार गर्ने फासिवादी रवैया दिनानुदिन बढ्दै गईरहेको छ, जसको हामी देशभक्त र क्रान्तिकारी युवाहरु प्रतिवाद गर्दछौं ।

र अन्त्यमा सहिद सप्ताह उत्सवको आज हामी चौथो दिनमा छौं । जनयुद्ध र एकीकृत जनक्रान्तिका सम्पुर्ण सहिदहरु र बेपत्ताहरु प्रती हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै केपि–पिके गिरोहको जुम्ला पार्टीले सहिद क. मुनलाई सहिद होइन भन्ने वक्तव्य प्रती हामी खेद प्रकट गर्दछौं र हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस्