भारतीय कम्पनीका औषधि बिक्री गर्न रोक « Artha Path
२० फाल्गुन २०७६, मंगलवार

भारतीय कम्पनीका औषधि बिक्री गर्न रोक



काठमाडौं । बजारमा गुणस्तरहीन औषधीको विक्री वितरण भएको भन्दै भारतिय दुई औषधीमा रोक लगाईएको छ ।

भारतीय कम्पनी अट्सुका फर्मास्युटिकल्स प्रालिले उत्पादन गर्ने मेट्रिसरमेट्रोनिडाजोल (ब्याच नम्बर ११८७३६०) र एक्यूलाईफ हेल्थकेयर प्रालिले उत्पादन गर्ने कम्पाउन्ड सोडियम ल्याकटेट इन्जेक्सन आइपी (ब्याच नम्बर १एच८२९३६) को बिक्री वितरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधी व्यवस्था विभागले रोक लगाएको हो ।

विभागका महानिर्देशक नारायण ढकालले जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको अस्पतालमा ती औषधिमा खराबी देखिएको कुरा आएपछि तत्काललाई बिक्री वितरणमा रोक लगाएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्