नेपाल होम डटकम र रियल स्टेट एक्स्पोविच सहकार्य « Arthapath.com
२० फाल्गुन २०७६, मंगलवार

नेपाल होम डटकम र रियल स्टेट एक्स्पोविच सहकार्य



काठमाडौं । नेपाल हाउजिङ एण्ड ल्याण्ड डेभ्लपर्स एसोशियन र रियल स्टेडविच सम्झौता भएको छ । आगामी अप्रिल १६ देखी १९ सम्म हुन गईरहेको आठौँ रियल स्टेट एक्स्पो २०२० हुन गईरहेको छ । जसको टाईटील स्पोन्सरमा नेपाल होम डटकम राख्नेविच सम्झौता भएको हो ।

आगामी महिना हुने कार्यक्रमका लागि मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । सम्झौता पत्रमा नेपाल होम डटकमका तर्फबाट अध्यक्ष धर्मराज भुसाल र रियल स्टेडका तर्फबाट को अर्डिनेटर विदुर धमलाले हस्ताक्षर गरेका हुन ।

एमओयू कार्यक्रममा बोल्दै कोर्डिनेटर धमलाले नेपाल होम डटकम आठौँ रियल स्टेट एक्सपो सफल पार्नका लागि सबैको हातेमालोको आवश्यकता रहेको बताएका छन । उनले समृद्ध नेपालको सपना पुरा गर्नको लागि यस कार्यक्रमले सहयोग पुगने बताए । अहिलेको समय डिजिटल रहेकाले ल्याण्डको कारोवार पनि टेक्नोलजजिबाट नै हुनुपर्ने उनले बताए । यस संस्थासंग करिव ४० संस्थाले सहकार्य गरेको उनले जनाए ।

त्यस्तै नेपाल होम डटकमका अध्यक्ष धर्मराज भूसालले जग्गाको कारोवार पनि डिजिटल प्रविधिबाट नै गर्ने गरि व्यवस्ता मिलाईएको बताए । एमओयू कार्यक्रममा रियल स्टेट एक्स्पोका अध्यक्ष मीनमान श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्