राष्ट्र बैंकले फेरी विदेशी विनियमय बढायो « Arthapath.com
२३ फाल्गुन २०७६, शुक्रबार

राष्ट्र बैंकले फेरी विदेशी विनियमय बढायो



काठमाडौं । बिदेशी विनिमय दरको भाउ शुक्रबार पनि बढेको छ । अमेरिकी डलरसहित रियाल, रिंगिट, दिनार र दिर्हामको भाउ बढेको छ । तर कोरियन वन र ओमानी रियालको भाउ भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एककोे खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४६ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा तोकेको थियो ।

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०२ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो खरिददर ३०४ रुपैयाँ २७ पैसा तोकिएको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३८४ रुपैयाँ ४७ पैसा तोकेको छ । हिजो खरिददर ३८१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८३ रुपैयाँ ८६ पैसा रहेको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३१० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३११ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो खरिददर ३०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३११ रुपैयाँ ५२ पैसा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्