अस्ट्रेलियाबाट आएका दुई नेपालीलाई विमानबाट ओर्लिन दिइएन « Arthapath.com
२४ असार २०८२, मंगलबार

अस्ट्रेलियाबाट आएका दुई नेपालीलाई विमानबाट ओर्लिन दिइएन



काठमाडौं । इतिहाद एयरबाट नेपाल आएका दुई जना नेपाली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अड्किएका छन्। सोमबार दिउँसो इवाइ २९१ कल साइनको इतिहाद एयरबाट नेपाल आएका उनीहरुलाई विमानबाट ओर्लिन दिइएको छैन्।

केही समयअघि मात्रै दुई नेपाली आबुधाबी हुँदै अस्ट्रेलिया गएका थिए। अस्ट्रेलियाले उनीहरुलाई नेपाल फर्काएको थियो।

दिउँसो ३ः५० मा विमानस्थलमा ल्याण्ड गरेको उक्त विमान दिउँसो ४ः५० बजे उड्नुपर्ने विमानस्थल स्रोतले जानकारी दियो। खाली आउनुपर्ने उक्त विमानले दुई जना नेपाली लिएर आएको थियो।अन्नपुर्ण पोष्ट


प्रतिक्रिया दिनुहोस्