५ सय ३२ सामुदायिक क्याम्पसमा क्वारेन्टाइन

काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघले आफ्ना सदस्य क्याम्पसका भवन संघीय, प्रदेश तथा स्थानीय सरकारलाई क्वारेन्टाइनका लागि दिने भएको छ।
संघका अध्यक्ष शिवराज सञ्जेलले बिहीबार विज्ञप्ति प्रकाशित गर्दै आफ्ना सदस्य क्याम्पस भवन क्यारेन्टाइनका लागि उपलव्ध गराउने जानकारी दिएका छन्। पब्लिक क्याम्पस संघमा हाल मुलुक भर ५ सय ३२ क्याम्पसहरु आवद्ध छन्।
संघले विश्वव्यापी रुपमा फौलिएको कोरोना भाइरसले विश्व आक्रान्त भएका बेला सरकारले आह्वान गरेको सेल्फ क्यारेन्टाइनमा बसेर सरकारलाई सहयोग गर्न पनि आह्वान गरेको छ।
यो महामारीसंग जुध्न सम्पूर्ण पब्लिक क्याम्पसहरुलाई राज्यको निर्देशन पालना गरी प्राध्यापक, विद्यार्थी, अभिभावकसहित आम नागरिकलाई आफ्नो स्वास्थ्यतलाई विशेष प्राथमिकता दिइ उच्च आत्मबलका साथ सेल्फ क्वारेन्टाइनमा बस्न पनि संघले अनुरोध गरेको छ।