सनराइज बैंकले पुलिस अस्पताललाई दियो ६५ थान पीपीई « Arthapath.com
१४ चैत्र २०७६, शुक्रबार

सनराइज बैंकले पुलिस अस्पताललाई दियो ६५ थान पीपीई



काठमाडौं । सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल पुलिस हस्पिटल महाराजगंजलाई ६५ थान पिपिई हस्तान्तरण गरेको छ । पुलिस अस्पतालमा डाक्टर तथा अन्य कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) ६५ थान सहयोग गरेको छ ।


कोरोना रोग रोकथाम तथा नियन्त्रण गर्न थप मद्घत पुग्ने उद्देश्यले उक्त उपकरण वितरण गरेको हो । नेपाल पुलिस प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले आइजिपि ठाकुर प्रसाद ज्ञावालीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) हस्तान्तरण गरेका छन् ।
तस्विर रविन्द्र ढकालको फेसुकबाट


प्रतिक्रिया दिनुहोस्