कोरोना भाईरस सङ्क्रमण रोकथाम कोषमा सिद्धार्थ बैंकको १० लाख « Arthapath.com
१५ चैत्र २०७६, शनिबार

कोरोना भाईरस सङ्क्रमण रोकथाम कोषमा सिद्धार्थ बैंकको १० लाख



हेटौंडा, बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिद्धार्थ बैंकले १० लाख रकम सहयोग गरेको छ ।

बैंकका हेटौंडा शाखा प्रमुख अर्पण सन्जेलले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई सहयोग रकमको चेक शनिबार हस्तान्तरण गर्नुभयो ।    बिश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणमा सरकारसङ्ग हातेमालो गर्न कोषमा रकम जम्मा गरिएको बैंकले जनाएको छ । महामारी का रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमण नियन्त्रणका लागि सरकार आफ्नो तवरले लागिरहेको भन्दै बैंकले गरेको सहयोग प्रति धन्यवाद दिनुभयो  ।

सरकारले मात्र चाहेर नहुने भन्दै उहाले विभिन्न  संघ सस्था, व्यक्तिलगायत सबैले सहयोग गर्न जरुरी रहेको बताउनुभयो । बैङ्किङ क्षेत्र अत्यावश्यक सेवा क्षेत्र रहेकोले आबश्यक्ता अनुसार सुरक्षा अपनाएर सेवा प्रवाह निरन्तर गर्न पनि अनुरोध गर्नुभयो । सातवटा प्रदेशमा १०-१० लाखका दरले कोषमा रकम जम्मा गर्ने निर्णयअनुसार बागमती प्रदेशमा पनि रकम हस्तान्तरण गरिएको शाखा प्रमुख सन्जेलले जानकारी दिनुभयो ।  


प्रतिक्रिया दिनुहोस्