मानवअधिकार आयोगले दुई करोड रुपैयाँ फिर्ता दिने

काठमाडौं । विश्वभरि फैलिरहेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई दुई करोड फिर्ता गर्ने भएको छ ।
आयोगले चालु आर्थिक बर्षको कार्यक्रम तथा बजेटबाट प्रत्राशनिक खर्च र अत्यावश्यक कार्यक्रम बाहेक अन्य कार्यक्रम स्थगित गरेको छ । त्यसका लागि विनियोजित बजेट रकममध्ये दुई करोड सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय गरेको हो ।
फिर्ता गरिएको उक्र रकम कोरोना भाइरसको नियन्त्रण र रोकथाममा प्रयोग गर्न आयोग सरकारलाई आग्रह गरिएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न सबैलाई अपील गरेको छ ।