अनलाइन बन्द गराउने काउन्सिलको निर्णयप्रति आपत्ति

काठमाडौं । नेपाल प्रेस काउन्सिलको आग्रहमा १७ वटा अनलाइन सञ्चार माध्यम नेपालभित्र प्रकाशनरप्रशारण हुन नसक्ने बनाएकोमा अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ ।
केही अनलाइन संचार माध्यमले ‘हुँदै नभएका कथा बुनेर, अनुमानका भरमा र पुष्टि नै नभएका तथा समाजलाई आतंकित र उत्तेजित पार्ने खालका समाचार दिने गरेको पाइएको’ भन्दै प्रेस काउन्सिलले ती संचार माध्यमलाई नेपालभर प्रकाशनरप्रशारण हुन नसक्ने गरी बन्द गराउन दूर सञ्चार प्राधिकरणमा पत्राचार गर्ने निर्णय गरेको थियो । काउन्सिलको आग्रहपछि ती अनलाइन नेपालमा अहिले हेर्न नसकिने भएका छन् ।