भरुवा बन्दुकसँगै मृत भेटिइन् नवविवाहित युवती « Arthapath.com
२४ चैत्र २०७६, सोमबार

भरुवा बन्दुकसँगै मृत भेटिइन् नवविवाहित युवती



काठमाडौं । डोटीमा गोली हानेर युवतीको हत्या भएको छ । डोटीको जोरायल गाउँपालिका–४ देउथलामा गोली प्रहार गरी २० वर्षीया अनिता वनको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अनिताकै श्रीमानले उनीमाथि गोली प्रहार गरेका बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले युवतीका श्रीमान २२ वर्षीय खडक वनलाई पक्राउ गरिएको छ ।

उनीहरुले केही समय अगाडि मात्रै प्रेम विवाह गरेका बुझिएको छ ।

खडकले भरुवा बन्दुकबाट गोली प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ । यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक देउवाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्