प्रचण्डलाई गाली गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

प्रचण्डलाई गाली गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ



काठमाडौं । साइबर कसुर गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पाठक लाई प्रहरीले पक्राउन गरेको छ । रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पत्रकार दीपक पाठकले साईवर अपराध गरेको आरोप लगाइएको छ ।

उनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । अध्यक्ष प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानवीन र कारवाहीका लागि प्रेस काउन्सिलमा केही दिन अघि उजुरी दायर गरेका थिए ।

पाठकविरुद्ध हिजो जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जीको अनुमति लिएर प्रहरीले पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्