मेरो माइक्रोफाइनान्सद्धारा सिम्रौनगढ नगरपालिकालाई २५ हजार सहयोग « Arthapath.com
२१ बैशाख २०७७, आईतवार

मेरो माइक्रोफाइनान्सद्धारा सिम्रौनगढ नगरपालिकालाई २५ हजार सहयोग



काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका लागि सिम्रौनगढ नगरपालिका बारालाई आर्थिक सहयोग गरेको छ । श्री कंकालीमाइ उच्च माध्यमिक बिद्यालयमा निर्माण गरिएको क्वारेन्टाइन ब्यवस्थापनको लागि २५ हजार सहयोग गरेको संस्थाले जनाएको छ ।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत संस्थाले उक्त सहयोग गरेको हो । फाइनान्सका जितपुर अनुगमन कार्यालयका प्रमुख राम किशोर प्रसाद कुश्वाहाले सिम्रौनगढ नगरका प्रमुख बिजय शंकर यादब तथा उप प्रमुख रिमा देबि कुश्वाहालाई उक्त चेक प्रदान गरिएको हो ।

कोरोनाको प्रकोपलाई फैलन नदिन, क्वारेन्टाइन व्यवस्थापन तथा खाद्यान्नको व्यवस्थाका लागि सहयोग गरेको फाइनान्सले जनाएको छ । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ६१ जिल्लामा १२० शाखा कार्यालय मार्फत लघुबित्तीय सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्