१५ करोड १४ लाख खुद नाफा गरेपनि आरएमडीसीको ३८ प्रतिशत नाफा घट्यो

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तिय संस्थाले रु. १५ करोड १४ लाख ४९ हजार खुद नाफा कमाएको छ ।
चालु आवको तेस्रो त्रैमाससम्ममा लघुवित्तले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरणले गत आवको सो अवधीको भन्दा ३८ प्रतिशतले कम हो । गत आवमा रु. २४ करोड ४४ लाख ४८ हजार खुद नाफा कमाएको थियो ।
प्रति शेयर आम्दानी अनुपात २२.४५, मुल्य आम्दानी अनुपात ३०.६४, प्रति शेयर कुल सम्पत्तिको मुल्य १९७५.५३ प्रतिशेयर नेटवर्थ २७३.७० रहेको छ । यस्तै, तरलता अनुपात २३.९६ प्रतिशत रहेको रहेको छ ।
हालसम्म लघुवित्तले रु. ७ अर्ब ७२ करोड ३१ लाख ७२ हजार निक्षेप संकलन, रु. ८ अर्ब ३८ करोड ७७ लाख कर्जा प्रवाह, प्रवाहित कर्जाबाट लघुवित्तले समिक्षा अवधीमा रु. ७३ करोड ९० लाख ८५ हजार व्याज कुल व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने रू. २४ करोड ४८ लाख रहेको छ ।
चुक्तापुँजी ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा रु. १ अर्ब ५६ करोड २१ लाख ६२ हजार रकम जम्मा गरेको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।