भुक्तानी सेवा प्रदायक कम्पनीले आईपिओ ल्याउनुपर्ने, मर्जरमा लैजाने निती
काठमाडौं । अव भुत्तानि प्रदायक कम्पनीले पनि आईपिओ अनिवार्य जारी गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७७ जारी गर्दै त्यस्ता पेमेन्ट कम्पनीहरुले ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
आईपिओ संबन्धी नयाँ व्यवस्था जारी गर्दै राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको हो । भुत्तानी प्रदायक कम्पनी संचालनमा आएको ३ बर्ष भित्र आईपीओ जारी गर्नु पर्ने व्यवस्था गरेको हो ।
भुत्तानि प्रदायक कम्पनीले सर्वसाधारणका लािग कम्तीमा २० प्रतिशत सेयर जारी गर्नुपर्ने विनियमावलीमा उल्लेख छ । यसैगरी राष्ट्र बैंकले भुत्तानि प्रदायक संस्थाहरु धेरै भएकाले त्यस्ता संस्थाहरुलाई मर्जर लैजान नीति समेत अवलम्बन गरेको छ ।