हिमालयन बैंकले गर्यो कान्ती बाल अस्पताल लाई सहयोग
काठमाडौं । हिमालयन बैंकको माहाराजगंज शाखाले कान्ती बाल अस्पताल लाई सहयोग गरेको छ ।
बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यु.एफ फिल्ट्रेसनको मर्मत–संभार गरी अस्पताललाई हस्तान्तरण गरेको छ ।
मेशिन मर्मत संभार गर्न बैंकले १ लाख ४२ हजार ९सय ४५ प्रदान गरेको छ ।
बैंकका माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले मेसिनको मर्मत–संहार पछि अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरेका छन ।