राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको ३१ औं वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न « Arthapath.com
६ श्रावण २०७७, मंगलवार

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको ३१ औं वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न




काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।


संघले ३१ औ वार्षिकोत्सवको अवसरमा संघको राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा परिसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वृक्षारोपण गरेका छन ।


त्यस्तै शाखा कार्यालय दरबारमार्ग परिसरमा संघका अध्यक्ष श्री हेमराज सुवेदी, तालिम तथा विकास विभागका प्रमुख श्री दीपकराज न्यौपाने र दरबारमार्ग शाखाका प्रबन्धक दीनेश न्यौपानेले संयुक्त रुपमा वृक्षारोपणगरेका छन ।


वार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालयहरुको परिसरमा समेत वृक्षारोपण गरिएको थियो भने बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित सम्पूर्ण कर्मचारीलाई मास्क वितरण गरेको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल पेसागत हक, हित र संस्थाको सम्वद्र्धन गर्ने उद्धेश्यले २०४७ श्रावण ६ गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा ठूलो जेठो प्रतिष्ठानस्तरको ट्रेड युनियन हो ।


प्रतिक्रिया दिनुहोस्