एनएलजी इन्स्योरेन्सको हकप्रद लिलामीमा आउने « Arthapath.com
१२ श्रावण २०७७, सोमबार

एनएलजी इन्स्योरेन्सको हकप्रद लिलामीमा आउने



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिको हकप्रद सेयर लिलामीमा आउन लागेको छ । कम्पनीको आवेदन नपरेको १ लाख ६१ हजार ७८ कित्ता सेयर लिलामीमा आउन लागेको छ ।
इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेको र सोमा आवेदन नपरे पछि कम्पनीले लिलामी गर्न लागेको हो ।

एनएलजी इन्स्योरेन्सले २०७६ फागुन २२ गतेदेखि २०७७ असार २५ गतेसम्म १० बराबर ६ अनुपातमा ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद सेयर बिक्रीको लागी आह्वान गरेको थियो ।
यही साउन ९ गते इन्स्योरेन्सले निष्काशन गरिएको कुल सेयरमध्ये ३६ लाख ८१ हजार ३५९ कित्ता हकप्रद सेयर बाँडफाँट गरेको छ । यस अनुसार नविकेको १ लाख ६१ हजार ७८ कित्ता सेयर इन्स्योरेन्सले गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्