बुधबार सुन तोलामा ३ सयले बढ्यो, ९८ हजार ५ सय पुग्यो « Arthapath.com
१४ श्रावण २०७७, बुधबार

बुधबार सुन तोलामा ३ सयले बढ्यो, ९८ हजार ५ सय पुग्यो



काठमाडौं । बुधबार सुनको मुल्य ३ सयले बढेर प्रतितोला ९८ हजार ५ सयमा पुगेको छ । मंगलबार ९८ हजार २ सयमा कारोवार भएको छ ।

बुधबार छापावाल सुन ९८ हजार ५ सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । लकडाउनपछी खुलेको सुन कारोवारमा अत्यधिक रुपमा बढेर नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

छापावाला सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९८ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी बुधबार चाँदीको मुल्य भने २० रुपैयाँले घटेको छ । बुधबार चाँदी २० रुपैयाँले घटेर एक हजार २ सय २५ रुपैयाँका कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्