सांग्रिला डेभलपमेन्ट बैंकले दियो ऋणीलाई २० प्रतिशत व्याजमा छुट « Arthapath.com
१५ श्रावण २०७७, बिहीबार

सांग्रिला डेभलपमेन्ट बैंकले दियो ऋणीलाई २० प्रतिशत व्याजमा छुट



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोरोना महामारीबाट प्रभावित ऋणीलाई २० प्रतिसतसम्म व्याज छुट दिने जनाएको छ । बैंकका सेवाग्राहीहरूलाई परेको असरको मूल्यांकन गर्दै श्रावण महिनाको ब्याज रकममा २०% छुटको दिने जनाएको छ ।

बैंकका ऋणीहरूले २०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गर्नुभएमा श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको जानकारी गराउँछौ ।

बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले ऋणीहरुलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विषयमा यस डेभलपमेन्ट बैंक विश्वस्त रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्