कोरोना भाइरसः थप चार जनाको मृत्यु « Arthapath.com
२६ श्रावण २०७७, सोमबार

कोरोना भाइरसः थप चार जनाको मृत्यु



काठमाडौं । कोरोना भाईरसबाट थप ४ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ ।

यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २३,३१० पुगेको छ ।

सोमवार पुष्टि भएका मृतकहरु दुई पुरुष र दुई महिला रहेका छन् ।

बाँकेको कोहलपुर नगरपालिकाकी ७० वर्षीया महिलाको आइतवार मृत्यु भएको हो ।

उनी उच्च रक्तचाप र पारालाइसीसको बिरामी भएको एवम् मृत्युपश्चात कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको डा. गौतमले बताए ।

पर्साको बेदियाही गाउँपालिकाकी ४५ वर्षीया महिलाको पनि आइतवार निधन भएको हो। उनमा पनि मृत्युपश्चात कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

त्यस्तै काठमाण्डूको मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको सोमवार बिहान मृत्यु भएको हो। उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको बताइएको छ।

कीर्तिपुरका ६४ वर्षीय पुरुषको पनि सोमवार निधन भएको छ। उनी मिर्गौलाको बिरामी रहेको बताइएको छ।

गएको पाँच दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ छ ।


प्रतिक्रिया दिनुहोस्