मेरो माइक्रोफाइनान्स लघुवित्तले कमायो १६ करोड २२ लाख « Artha Path
२८ श्रावण २०७७, बुधबार

मेरो माइक्रोफाइनान्स लघुवित्तले कमायो १६ करोड २२ लाख



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । माइक्रोफाइनान्सले बुधबार वित्तीय विवरण सार्वजनिक गरी सो रकम कमाएको जनाएको छ । कम्पनीले अघिल्लो आवको तुलनामा ५४ लाख ६० हजार बढी नाफा आर्जन गर्न सफल भएको छ ।

माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ५० करोड ४७ लाख पुर्याउन सफल भएको छ । कम्पनीले अघिल्लो आवमा खुद व्याज आन्दानी १२ करोड ३६ लाख गरेको थियो । असार मसान्तसम्ममा माइक्रोफाइनान्सले ६ करोड २८ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएपछि खुद नाफामा सुधार आएको हो ।

८५ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड ३३ लाख रहेको छ । माइक्रोफाइनान्सले ३ अर्ब ९४ करोड ५१ लाख रुपैयाँ सापटी र १ अर्ब ५८ करोड ६० लाख निक्षेप संकलन गरी ५ अर्ब ८४ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेको प्रकाशित विवरणमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्