स्वाभिमान लघुवित्तको नाफा १० प्रतिशतले घट्यो « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

स्वाभिमान लघुवित्तको नाफा १० प्रतिशतले घट्यो



काठमाडौं । स्वाभिमान लघुवित्र वित्तीय संस्थाले गर्त आर्थिक बर्षको वित्रीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संस्थाको नाफा १० प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमासमा रु २ करोड ४८ लाख नाफा कमाएकोमा गत आवमा रु २ करोड २१ लाख मात्रै कमाएको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्र वित्तीय संस्थाले गत आवमा रु ८९ लाख ५७ हजार खराब कर्जा उठाएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिको तुलनामा ३९२ प्रतिशत वढी खराब कर्जा उठाएको हो ।

कम्पनिले अघिल्लो आवमा सम्भावित जोखिम बापतको ब्यवस्थामा रु ७२ लाख २० हजार छुट्याएकोमा गत आवमा रु २ करोड ७ लाख छुट्याएको छ ।

कम्पनिको चुक्तापूँजी रु ७ करोड ६७ लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रु २ करोड ८० लाख सञ्चित गरेको छ । त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी रु २८ दशमलव ८५, मूल्य आम्दानी अनुपात ३३ दशमलव ९७ गुणा, तरलता अनुपात २२ दशमलव ३६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू। १३६ दशमलव ५९ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्