एनआईसी एशिया लघुवित्तबाट सिटी एक्सप्रेसको भुक्तानी गर्न पाईने
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एनआईसी एशिया लघुवित्तका शाखाहरुबाट गर्न मिल्ने गरि सम्झौता भएको छ । सम्झौता अनुसार लघुवित्तको सबै शाखाहरु मार्फत सिटी एक्सप्रेसका आन्तरिक तथा अन्तराष्ट्रिय कारोबारको भुक्तानी एनआईसी एशिया लघुवित्तको १०५ वटा शाखाहरुमा गर्न मिल्ने सम्झौता भएको हो ।
सम्झौतामा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एनआईसी एशिया लघुवित्तका प्रमुख कार्यकारी अधिकृत(सीईओ) लक्ष्मी प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।