नागरिक लगानी कोषको हकप्रद शेयर निश्काशन सम्झौता « Arthapath.com
१ भाद्र २०७७, सोमबार

नागरिक लगानी कोषको हकप्रद शेयर निश्काशन सम्झौता



काठमाडौं । नागरिक लगानी कोषले सय कित्ता बराबर ८२ कित्ता हकप्रद सेयर दिने भएको छ । पुँजी वृद्धिका लागि कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब ८२८४ का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयरजारी गर्ने भएको हो ।

प्रति शेयर सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निश्काशन गर्न लागेको कोषले जनाएको छ । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ ।

हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गरे ।


प्रतिक्रिया दिनुहोस्