वीरगञ्जमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीय र वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृतले जानकारी गराए ।
भिश्वाका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा लगिएकोमा मंगलबार दिउँसो ३ः३० बजे मृत्यु भएको थियो ।
नारायणी अस्पताल स्रोतका अनुसार ५७ वर्षीय पुरुषमा निमोनिया देखिएको थियो । कोभिड संक्रमित भई साउन २७ गतेदेखि गण्डक अस्पतालमा उपचाररत ८४ वर्षिय पुरुषको उपचारको क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ । साउनमा मात्रै २४ जनाको मृत्यु भएको थियो ।