सशस्त्र प्रहरी अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु « Arthapath.com
५ भाद्र २०७७, शुक्रबार

सशस्त्र प्रहरी अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । काठमाडौंमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा काठमाडौं बालुवाटार र राजविराजका गरी दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

बालुवाटारका ७६ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पतालका प्रहरी उपरिक्षक डा. प्रवीण नेपालले बताए । अस्पतालमा भर्ना भएको एक घण्टामै उनको मृत्यु भएको थियो ।

यस्तै, राजविराजका ७७ वर्षीय एक पुरुषको पनि उपचारको क्रममा शुक्रबार बिहान करिब १० बजे मृत्यु भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सशस्त्र प्रहरी अस्पतालमा बिहीबार साँझ भर्ना गरिएको थियो । उनी उपचारका लागि साउन ३० गते काठमाडौं आएका थिए ।

योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्