प्रसुती गृहका स्वास्थ्यकर्मी सहित १० जनामा कोरोना संक्रमण « Arthapath.com
७ भाद्र २०७७, आईतवार

प्रसुती गृहका स्वास्थ्यकर्मी सहित १० जनामा कोरोना संक्रमण



काठमाडौं । थापाथलीस्थित प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी रहेका अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् ।

त्यस्तै कास्की सेवा हस्पिटलमा आईसीयुका बिरामी र नर्सलाई कोरोना पुष्टि भएको छ । पोखराको कास्की सेवा हस्पिटलको आईसीयू कक्षमा उपचाररत एक जना बिरामी र एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ओखलढुंगामा पहिलोटक जनप्रतिनीधिलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टाइन व्यवस्थापन गर्न र सङ्क्रमितको उपचारको व्यवस्थापनमा खटिँदै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्