ओरालो यात्रामा सुन, बुधबार प्रतितोला ४ सयले घट्यो « Arthapath.com
१० भाद्र २०७७, बुधबार

ओरालो यात्रामा सुन, बुधबार प्रतितोला ४ सयले घट्यो



काठमाडौं । अहिले बजारमा सुन ओरालो आत्रामा लागेको छ । बुधबार तोलामा ४ सयले घटेर प्रतितोला ९६ हजार ८ सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एकसातादेखी ओरोला यात्रामा रहेको सुन बुधबार ४ सयले घटेको हो । बसधबार छापावाला सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँ कायम भएको छ । नेपालमा निषेधाज्ञाले सुन पसलहरु बन्द भएका छन भने विक्री वितरण पनि कम भएको छ ।


प्रतिक्रिया दिनुहोस्