गभर्नर अधिकारीले भने रेमिट्यान्स ३० प्रतिसत बढ्यो, बैंकहरुमा थुप्रियो ३९३८ अर्व निक्षेप ३२५५ अर्व लगानी « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

गभर्नर अधिकारीले भने रेमिट्यान्स ३० प्रतिसत बढ्यो, बैंकहरुमा थुप्रियो ३९३८ अर्व निक्षेप ३२५५ अर्व लगानी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जेष्ठ असार र साउनमा ३० प्रतिसत रेमिट्यान्स बढेको बताए । देशको आर्थिक सुचक राम्रो रहेको बताउँदै २०७६ चैत्र र २०७७ बैशाखमा रेमिट्यान्स आयातमा माशिक औसत कमी आएपनि जेष्ठ, अषाढ र साउनमा मासिक औषतमा ३० प्रतिसत बढेको बताए ।

गभर्नर अधिकारीले निर्यातमा स्थिरता आएको पनि बताए । आयातमा कमि आएको छ । विदेशी मुद्राको सञ्चिती ऐतिहासिक बृद्धि भएको र सोधानान्तर स्थीतिमा सुधार अउनुका साथै विदेशी मुद्राको संचिती पनि प्रयाप्त रहेको बताए ।

अहिले लकडाउनले बैंकहरुमा कर्जाको मागमा कमि आएको छ । क, ख र ग बर्गका भदौै २१ गतेको संस्थाको वित्तीय विवरण हेर्दा क बर्गको निक्षेप ३४ सय ९१ अर्व, ख बर्गको ३ सय ५७ अर्व र ग बर्गको ९० अर्व रहेको छ । क, ख र ग बर्ग सबैको हेर्ने हो भने ३ हजार ९ सय ३८ अर्वको निक्षेप रहेको छ । कर्जा क्रमश क, ख र ग को २८ सय ९४ अर्व, २८८ अर्व र ७३ अर्व गरि ३२ सय ५५ अर्वको कर्जा प्रवाह भएको अधिकारीले बताए ।

बैंकहरुको सिसिडि ७२ प्रतिशत रहेको छ । पुँजी कोष १५ प्रतिसत, एनपीए १.८० प्रतिशत रहेको पाईन्छ । यो वित्तिय विवरण ‘हाम्रो फाइनान्सियल स्टम राम्रो छ भन्ने जनाउँछ’ गभर्नर अधिकारीले बताए । हिजोको अवस्थामा साउथ एसियाको बैंकिङ स्टममा नेपालको उत्कृष्ठि रहेको छ । कोभिडको १९ को वास्तविक असर परेको नै छ । कोभिड १९ को असर संकलन गरिसकेका छैनौ । असामन्य परिस्थितीमा पनि दवाव श्रृजना हुने स्थिती नहोस । सहज वातावरण गर्नका लागि हामी निरन्तर प्रयासमा छौँ ।


प्रतिक्रिया दिनुहोस्