सिन्धुपाल्चोक पहिरो अपडेट : ९ जनाको मृत्यु, ५ को जिवितै उद्दार, १७ अझै वेपत्ता « Arthapath.com
७ असार २०८२, शनिबार

सिन्धुपाल्चोक पहिरो अपडेट : ९ जनाको मृत्यु, ५ को जिवितै उद्दार, १७ अझै वेपत्ता



काठमाडौं । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका७, घुम्थाङको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

अविरल वर्षासँगै आएको पहिरोले बस्ती पुरिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले मृतक सबैको सनाखत भएको जानकारी दिए। उनका अनुसार पहिरोमा ज्यान गुमाउनेमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, भिरखर्क बिक टोलका २३ वर्षीय जुनु विक, २४ वर्षीय सुकुलाल विक, आठ वर्षीय सन्देश विक तथा नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ रहेका छन् ।

क्षतिको विवरण संकलन भइरहेको छ । पहिरामा १७ जना अझै बेपत्ता छन् । भिरखर्क पहिरामा बेपत्तामध्ये पाँचजनाको जीवित नै उद्धार गरिएको छ । पुरिएको अवस्थामा फेला परेका उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेर उद्धार र खोजी कार्य जारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्