लगातार गिरावट आएको सुनको मुल्य बिहिबार १२ सयले घट्यो, चाँदी तोलामा ७० रुपैयाँले घट्यो

काठमाडौं । तिनदिनदेखी गिरावट आएको सुन सुनचाँदीको मूल्यमा बिहिबार पनि गिराट आएको छ । बुधबार भन्दा बिहिबार छापावाल सुन तोलामा १२ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रहेकोमा बिहिबार ९३ हजार १ सयमा कारोवार भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी तोलामा ७० रुपैयाँले घटेर प्रतितोला ११ सय २० रुपैयाँमा कारोवार भइरहेको छ ।