लगातार ओरालो लागेको सुन शुक्रबार तोलामा ८ सयले बढ्यो, चाँदी ४० रुपैयाँ बृद्धि « Arthapath.com
९ आश्विन २०७७, शुक्रबार

लगातार ओरालो लागेको सुन शुक्रबार तोलामा ८ सयले बढ्यो, चाँदी ४० रुपैयाँ बृद्धि



काठमाडौं । शुक्रबार सुन तोलामा ८ सयले बढेको छ । नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९३ हजार ९ सयमा कारोवार भइरहेको छ ।

बिहीबार छापावाल सुन ९३ हजार १ सयमा कारोवार भएको सुन शुक्रबार भने ८ सयले बढेको हो । त्यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी पनि प्रतितोला ४० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी ११६० रुपैयाँमा कारोवार भैरहेको छ । चाँदी बिहीबार ११२० मा कारोवार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्