आइसिटी अवार्ड २०२० को चार विधामा उत्कृष्ट १२ छानिए « Arthapath.com
२० आश्विन २०७७, मंगलवार

आइसिटी अवार्ड २०२० को चार विधामा उत्कृष्ट १२ छानिए



काठमाडौं । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२० संस्करणको छनौट प्रक्रिया जारी रहेको छ । १४ जनाको जुरी समितिले दोस्रो चरणमा विभिन्न चार विधाहरूको नतिजा सार्वजनिक गरेको छ ।

स्टार्टअप आइसिटी अवार्ड २०२० र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० विधामा उत्कृट १२ तेस्रो चरणको छनौटको लागि प्रवेश गरेका छन् । त्यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२० को विधामा उत्कृट १३ प्रडक्टहरू तेस्रो चरणको छनौटमा प्रवेश गरेका छन् भने इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० मा उत्कृष्ट १४ इन्नोभेसनहरू तेस्रो चरणको छनौटमा प्रवेश गरेका छन् ।

पाँचौं संस्करणको आइसिटी अवार्ड २०२० मा ११ विधाको लागि अनलाइन आवेदन खुला गरिएको थियो । विभिन्न ११ विधामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जानकारी दिएको छ । भदौ अन्तिम सातादेखि शुरू भएको छनौट प्रक्रिया जारी रहेको छ । अन्य ७ विधामा उत्कृष्ट ७ हुँदै उत्कृष्ट ३ को छनौट गरेर सर्वोत्कृष्टको छनौट गरिने जुरी समितिका सुशील पोखरेलले बताए । आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले यस वर्ष डिसेम्बर पहिलो हप्ता आयोजना गरिने बताइएको छ ।

दोस्रो चरणबाट छनौट भएका उत्कृष्ट स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनहरूले तेस्रो चरणको छनौटको लागि १४ जना जुरी समक्ष प्रिजेन्टेशन तथा स्पिड डेडिङ सेसनमा भाग लिनुपर्ने हुन्छ । उक्त सेसनबाट छनौट भएका उत्कृट ५ पब्लिक भोटिङको लागि छनौट हुनेछन् । पब्लिक भोटिङसँगै स्टार्टअप कम्पनीहरू फिल्ड भिजिट पनि सञ्चालन गरिने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए ।

कुन कुन विधामा को को छानिए ?
स्टार्टअप आइसिटी अवार्ड २०२० मा दोस्रो चरणको छनौटबाट उत्कृष्ट १२ स्टार्टअपहरू छनौट भएका छन्, जुन कम्पनीहरू क्रमशः (वर्णानुक्रम अनुसार) यस्ता छन् ः
BizHub I.T. Service Pvt. Ltd., CryptoGen Nepal Pvt. Ltd, Duluwa Expeditions Pvt. Ltd, Evalaya Tech Pvt. Ltd., GC Research and Development, Genius Systems Pvt. Ltd, Innology Solutions Pvt. Ltd, Jeevee Health Pvt. Ltd., Nep Meds Pvt. Ltd., Sajilo Trip Pvt Ltd, Unelma Platform Pvt. Ltd, Washmandu Nepal Pvt. LTd.

तेस्रो चरणको लागि छनौट भएका उत्कृष्ट स्टार्टअप, प्रडक्ट, राइजिङ स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनहरूले आउँदो शनिवार, सोमवार र बुधवार आयोजना हुने प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यसपश्चात् छनौट भएका उत्कृष्ट ५ लाई अनलाइन तथा एसएमएस भोटिङ सञ्चालन गरिनेछ । आइसिटी अवार्डमा अन्य ७ विधाहरुको पनि छनौट प्रक्रिया जारी रहेको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।

अन्य विधाहरूमा पायोनियर, आन्टरप्रेनर, नेपाली डायस्पोरा, वमन आइकन र मिडिया पर्सन आइसिटी अवार्ड रहेका छन् । त्यसैगरी डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल एजुकेशन आइसिटी आइसिटी अवार्ड २०२० को पनि छनौट प्रक्रिया जारी छ । अवार्ड निष्पक्ष र उत्कृष्ट बनाउन १२ जना बढीको विशिष्ट जुरी सल्लाहकार समिति समेत रहेको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी अवार्ड २०२० मा नेपाल सरकारका विभिन्न निकायहरू, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, जिनस सोलुसन, इमिनेन्स वेज, इसेवा लगायतका संस्थाहरूको सहयोग रहेको छ ।


प्रतिक्रिया दिनुहोस्